• जेष्ठ ६ २०८३, बुधबार

आजको मौसम पूर्वानुमान यस्तो

मंसिर १८ २०७९, आईतवार

काठमाडौं  । हाल मुलुकमा उल्लेखनीय मौसमी प्रणाली छैन । बिहान मधेस र प्रदेश १ लगायत देशका पहाडी भूभागमा आंशिक बदली छ ।

दिउँसो प्रदेश १ र गण्डकीका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति बागमती, मधेस लगायत लुम्बिनी, गण्डकी र प्रदेश १ का पहाडी भूभागमा आंशिक बदलीको आकलन गरिएको छ ।

सोमबार प्रदेश १ का पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ भने राति प्रदेश १ का पहाडी र लुम्बिनीका एक-दुई स्थानमा आंशिक बदलीको सम्भावना छ ।