• बैशाख २८ २०८३, सोमबार

प्रचण्ड र सिके राउतबीच भेट

मंसिर १६ २०७९, शुक्रबार

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेट भएको छ।

प्रचण्ड निवास खुमलटारमा भएको भेटघाटमा उनीहरूबीच एकआपसमा बधाइ आदनप्रदान भएको प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले बताइन्।

राउतले सप्तरी क्षेत्र नम्बर २ बाट पहिलो पटक निर्वाचन जितेका छन्। उनले वर्तमान सत्ता गठबन्धनसँग सहकार्य गर्न तयार रहेको बताउँदै आएका छन्।