• बैशाख २८ २०८३, सोमबार

सञ्चारमन्त्री कार्की झिनो मतान्तरले विजयी

मंसिर १५ २०७९, बिहीबार

काठमाडौं । कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की झिनो मतको अन्तरले विजयी भएका छन् । सञ्चारमन्त्री समेत रहेका कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । कार्कीले निकटतम् प्रतिस्पर्धी एमालेका जगदिशप्रसाद कुसियैतलाई ११२ मतको अन्तरले पराजित गरेका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको अन्तिम मत परिणाम अनुसार मन्त्री कार्कीले ३० हजार ४८३ मत प्राप्त गर्दा कुसियैतले ३० हजार ३७१ मत प्राप्त गरेका छन् ।

कार्की २०७४ सालमा पनि सोही निर्वाचन क्षेत्रबाट विजयी बनेका थिए । उनी नेपाली काँग्रेसका केन्द्रीय सदस्य पनि हुन् ।