• बैशाख २८ २०८३, सोमबार

सरकार आफूविरुद्ध निर्मम ढंगले लागेको अर्यालको आरोप

मंसिर १४ २०७९, बुधबार

काठमाडौं । स्याङ्जा–२ कि नेकपा एमालेकी उम्मेदवार पद्मा अर्यालले राज्य आफू विरुद्ध निर्मम ढंगले लागेको आरोप लगाएकी छिन् । बुधबार निर्वाचन आयोगले स्याङ्जा र बाजुरामा पुनः मतदान नगर्ने निर्णय गर्दै मतगणना सुरु गर्न निर्देशन दिन निर्णय गरेपछि अर्यालले यस्तो प्रतिक्रिया दिएकी हुन् ।

गत मंसिर ४ गते भएको निर्वाचनका दिन स्याङ्जा क्षेत्र नम्बर २ का केही मतदान केन्द्रमा बुथ क्याप्चर भएको भन्दै एमालेले पुन मतदान गराउन माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएको थियो ।

आयोगले मतगणना गर्न गरेको निर्णयप्रति आफ्नो असहमति रहेको उम्मेदवार अर्यालले बताइन् । उनले भनिन्– ‘निर्वाचन आयोग आँखामा पट्टी लगाएर इन्ट्रेष्ट राखेर गरेको निर्णय हो । तथ्य प्रमाणहरुले यो निर्वाचन बदरभाग्य छ । सरकारी हिसाबबाट प्रमाणित भएका कुराहरूलाई नलिइकन आग्रहपूर्वक भएको निर्णय अन्यायपूर्ण छ । मेरो जति मत छ त्यो त छँदैछ । मैले विधि प्रक्रियाका लागि आवाज उठाएको हुँ ।

लुटपाटबाट सांसद बन्ने मेरो इन्ट्रेस्ट पनि हैन । जनताको अभिमतबाट बनाउनुपर्छ भन्ने हो । अरु ठाउँमा हार्दैहार्दै गएपछि त्यो मतदान केन्द्रमा पुगेर बुथ क्याप्चर गरियो । यो लोकतन्त्रको उपहास हो ।’