काठमाडौं । उदयपुर–१ बाट परराष्ट्रमन्त्री समेत रहेका नेपाली कांग्रेसका उमेदवार नारायण खड्का निर्वाचित भएका छन् ।
मंगलबार राति सार्वजनिक परिणाम अनुसार खड्का ३१ हजार २६८ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनलले एमालेकी मन्जुकुमारी चौधरीलाई दुईहजार ३७७ मतले पराजित गरेका हुन् । चौधरीले २८ हजार ८९१ मत ल्याइन् ।