काठमाडौं। तीन दिनदेखि रोकिएको सुनसरी ४ को मतगणना सुरु भएको छ ।
निर्वाचन आयोगले मतगणना गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीलाई निर्देशन दिएपछि सर्वदलिय बैठक बसेर मतगणना सुचारु गरिएको हो ।
राजनितिक दलका प्रतिनिधि, प्रतिस्पर्धामा रहेका उम्मेदवारलाई सहमति गराइ मतगणना थालिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
यश क्षेत्रमा एमालेका कुसियत र संचारमन्त्री समेत रहेका कांग्रेसका ज्ञानेन्द्र कार्की चुनावी प्रतिस्पर्धामा छन् । अहिलेसम्म गरिएको मत गणनामा कांग्रेसका कार्कीले २३ हजार ४३९ मत र एमालेका कुसियतले २३ हजार ३४१ मत प्राप्त गरेका छन् । कार्की ९८ मतले अगाडि छन् ।
६० हजार मतगणना सम्पन्न भएको र २१ हजार मतगणना गर्न बाँकी रहेको छ ।