• बैशाख २७ २०८३, आईतवार

एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बन्न सकस

मंसिर १३ २०७९, मंगलवार

काठमाडौं । नेकपा एकीकृत समाजवादी समानुपातिकमा थ्रेसहोल्ड कटाउन संघर्ष गरिरहेको छ।

९८ लाख ५ हजार ९ सय ३२ मत गणना भइसक्दा एकीकृत समाजवादीले २ लाख ७६ हजार ८९१ मत पुर्‍याएको छ। अहिलेकै अनुपात हेर्ने हो भने तीन प्रतिशतका लागि अझै करिब ०.१७ प्रतिशत मत अपुग छ।

निर्वाचन आयोगले ६१ प्रतिशत मत खसेको जनाएको छ। यसअनुसार जम्मा मत १ करोड ९ लाख हाराहारी खसेको देखिन्छ। ११ लाख मत गन्न बाँकी छ। जुन समग्रको ९ प्रतिशत हुन आउँछ।