• बैशाख २७ २०८३, आईतवार

समानुपातिक मतपरिणाम: एमाले २५ लाख ७० हजार १४२ मत प्राप्त गरी पहिलो स्थानमा

मंसिर १३ २०७९, मंगलवार

काठमाडौँ । गत मंसिर ४ गते भएको आम निर्वाचनको नजिता आउने क्रम जारी छ।  समानुपातिक निर्वाचन प्रणालीतर्फ  एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा छन्। मंगलबार बिहान ६ बजेसम्म कुल ९४ लाख ९१ हजार ६२२ मत गणना हुँदा नेकपा एमालेको अग्रता कायमै छ ।

एमालेले २५ लाख ७० हजार १४२ मत प्राप्त गरी पहिलो स्थानमा रहँदा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २४ लाख ३८ हजार ११ मत प्राप्त गरेको छ। त्यसैगरी नेकपा माओवादी केन्द्रले १० लाख ९२ हजार ५३६ मतका साथ तेस्रो स्थानमा रहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७० हजार १५५ मत प्राप्त​ गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ४९ हजार ७७ मत पाएको छ । जनता समाजवादी पार्टी, नेपालले ३ लाख ४३ हजार ९६३ मत प्राप्त गर्दै राष्ट्रिय दल बन्न सफल बन्दा जनमत पार्टी २ लाख ८७ हजार ५०५ र नेकपा एकीकृत समाजवादी २ लाख ६२ हजार ७५७ मतका साथ राष्ट्रिय दल बन्न संघर्ष गरिरहेका छन्।

नागरिक उन्मुक्ति पार्टीले २ लाख ४५ हजार १७९ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख ३० हजार ४५६ मत प्राप्त गर्दा अन्य दलले एक लाख मत कटाउन सकेका छैनन्।