• बैशाख २७ २०८३, आईतवार

दोलखाका यी स्थानहरुमा पुन: मतदान गर्ने आयोगको निर्णय

मंसिर ११ २०७९, आईतवार

काठमाडौँ l निर्वाचन आयोगले दोलखाका विवादित मतदान केन्द्रमा पुनः मतदान गर्ने निर्णय गरेको छ ।

आइतबार साँझ बैठक बसेर आयोगले यसबारे निर्णय गरेको हो । दोलखामा आयोगले पठाएको छानबिन टोलीको प्रतिवेदनका आधारमा पुनः मतदान गराउनुपर्ने निर्णय गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

अत: संवत् २०७९ साल मङ्सिर ४ सम्पन्न भएको दोलखा जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को वैतेश्वर गाउँपालिका वडा नं. ६ वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्र “क”, “ख” र “ग”, सोही गाउँपालिकाको वडा नं. २ जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र “क” र “ख”, तामाकोशी गाउँपालिका वडा नं. ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्र “क” र “ख” तथा वैतेश्वर गाउँपालिका वडा नं. ३ कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र “क”, “ख” र “ग” गरी १० (दश) वटा मतदान केन्द्रमा मतदान स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको नदेखिएको आयोगको ठहर छ ।