• बैशाख २७ २०८३, आईतवार

महोत्तरी-१ मा माओवादी केन्द्रका गिरिराजमणिलाई हराउँदै एमालेका लक्ष्मी महतो विजयी

मंसिर ११ २०७९, आईतवार

महोत्तरी । नेकपा (माओवादी केन्द्र)का नेता गिरिराजमणि पोखरेल पराजित भएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी-१ बाट उम्मेदवार रहेका पोखरेललाई एमालेका लक्ष्मी महतोले १ हजार ३१ मतान्तरले हराएका हुन् ।

महतो २४ हजार ४०१ मतसहित विजयी हुँदा पोखरेलले २३ हजार ३७० मतमा चित्त बुझाए ।