काठमाडौँ । कांग्रेस नेतृ सुजाता कोइराला पराजित बनेकी छन् । मोरङ २ बाट उम्मेदवार रहेकी उनी एमालेका ऋषिकेश पोखरेलसँग पराजित बनेकी हुन् ।
ऋषिकेशले ३३ हजार १४८ मत पाउँदा सुजाताले ३१ हजार ९४० मत पाइन् । सुजाता कांग्रेसका दिवंगत नेता तथा पूर्वप्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाकी छोरी हुन् ।