• बैशाख २७ २०८३, आईतवार

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा विजयीहरुको खुसीयाली हेर्नुहोस् तस्बिरमा

मंसिर ९ २०७९, शुक्रबार
म्याग्दीबाट प्रतिनिधिसभा सदस्य पदमा विजयी हुनुभएका बाम लोकतान्त्रिक गठवन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ।
दाङ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनु भएका नेकपा (एकीकृत समाजवादी) का मेटमणि चौधरी ।
म्ला प्रदेशसभा (१)बाट वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेकपा ( माओवादी केन्द्र) का रणसिंह परियार विजयी ।
कास्की निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा (२) मा निर्वाचित हुनुभएका कांग्रेस उम्मेदवार प्रकाश बराल ।
मोरङ क्षेत्र नं ४ बाट प्रतिनिधिसभामा निर्वाचित नेकपा माओवादी केन्द्रका नेता अमनलाल मोदीलाई शुक्रवार प्रमाणपत्र दिँदै ।
सुर्खेत क्षेत्र नं १ प्रदेशसभा (२) नेकपा (माओवादी केन्द्र) का कृष्णबहादुर जिसी प्रदेशसभा सदस्य पदमा विजयी भएपछि खुसी साट्दै । जिसीले नेकपा (एमाले) का डण्डीप्रसाद शर्मासँग चार हजार १९६ मतान्तरले विजयी प्राप्त गर्नुभएको हो ।
पाल्पा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा (१) मा निर्वाचित हुनुभएका नेकपा (एमाले)का राजुप्रसाद श्रेष्ठ ।