• बैशाख २७ २०८३, आईतवार

हृदयेश त्रिपाठीलाई पराजित गर्दै विनोद चौधरी निर्वाचित

मंसिर ९ २०७९, शुक्रबार

काठमाडौं । नवलपरासी पश्चिमको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठीलाई पछि पार्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

सत्ता गठबन्धनको समर्थन पाएका उद्योगपति विनोद चौधरीले हुन् ।

चौधरीले २९ हजार ४९५ मत पाउँदा त्रिपाठीले २२ हजार ३०८ मत पाए । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले १२ हजार ४९९ मतका साथ तेस्रो स्थानमा सीमित भएका छन् ।