काठमाडौँ । कञ्चनपुर निर्वाचन क्षेत्र नं.१ बाट सत्तारुढ गठबन्धनको साझा उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी उम्मेदवार विना मगर पराजित भएकी छन् ।
पूर्वमन्त्री समेत रहेकी मगर नेकपा एमालेका तारा लामा तामाङसँग पराजित भएकी हुन् । तामाङले गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) की नेत्री मगरलाई चार हजार ९११ मतान्तरले पराजित गरेका छन् ।
तामाङले २० हजार ९६९ मत प्राप्त गर्दा मगरले १६ हजार ५८ मतमा सीमित भइन् । ९९ हजार ११० मतदाता रहेको यस क्षेत्रमा ६४ हजार २३९ मत खसेको थियो ।
यद्यपि, अन्तिम नतिजा घोषणा हुन भने बाँकी छ । सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मन्त्री समेत रहेका तामाङ नेकपा एमाले विभाजनपछि नेकपा एकीकृतमा थिए । पछि उनी पुनः नेकपा एमालेमा फर्किएका थिए ।