• बैशाख २७ २०८३, आईतवार

उपेन्द्र यादवलाई फराकिलो मतान्तरले पराजित गर्दै सिके राउत विजयी

मंसिर ८ २०७९, बिहीबार

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष सिके राउत प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्।

पूर्व स्वास्थ्यमन्त्री यादवलाई १८ हजारको मतान्तरले पराजित गर्दै राउत विजयी भएका हुन्।

विजयी भएका राउतले ३५ हजार ४२ मत ल्याए। उनका प्रतिस्पर्धी यादवले १६ हजार ९६३ मत ल्याएका छन्। दुवै बीच १८ हजार ६३ मतको अन्तर रहेको थियो ।