काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित भएकी छन् ।
उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मणिराम फुँयाललाई पराजित गर्दै निर्वाचित भएकी हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्तीदेवी पोखरेल तेस्रो स्थानमा रहिन् भने नेकपा माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्ती चौथो स्थानमा सीमित बनिन् ।
गौतमले १५ हजार २२९ मत प्राप्त गरिन् भने फुयालले ११ हजार ५५५ मत ल्याए । उता पोखरेलले ११ हजार १४ मत ल्याउँदा ओनसरी घर्तीले ९ हजार ४४९ मत ल्याइन् । निर्वाचित भएपछि उनले प्रतिस्पर्धी साथीहरूलाई बधाई दिँदै उनीहरुले उठाएका महत्त्वपूर्ण सवालहरूलाई संसद्मा पैरवी गर्ने विश्वास दिलाएकी छिन् । अन्य प्रतिस्पर्धीभन्दा केही बढी मत ल्याएर निर्वाचित भए पनि लोकतान्त्रिक प्रतिस्पर्धामा कसैको पराजय नहुने उनले जिकिर गरेकी छन् ।