काठमाडैं । दाङ-१ मा नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले अग्रता कायमै राखेका छन् ।
उनले ६९७० मत गणना गर्दा २५६२ मत प्राप्त गरेका छन् । त्यसैगरी एमालेकी शान्ता चौधरीले १७१५ मत प्राप्त गरेकी छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले १४३७ र नागरिक उन्मुक्ति पार्टीका सुरेन्द्र चौधरीले ५४२ मत प्राप्त गरेका छन् ।