• बैशाख २७ २०८३, आईतवार

गगन थापा फराकिलो मतान्तरले अग्रता कायम

मंसिर ६ २०७९, मंगलवार

काठमाडौं । काठमाडौंको निर्वाचन क्षेत्र नं ४ मा नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनका साझा उम्मेदवार गगन कुमार थापाले सुरुवाती अग्रतालाई कायम राखेका छन् ।

बुढानिलकण्ठ नगरपालिका अन्तर्गतका ८ वटा वडाको राति १२ बजेसम्मको मतगणनामा थापाले २ हजार २६ मतले अग्रता लिएको हो।

उनका प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार डा राजन भट्टरार्ईले १५ हजार ८२ मत प्राप्त गरेका छन् ।