• बैशाख २७ २०८३, आईतवार

ओलीद्वारा डोटीमा भूकम्पमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त

कार्तिक २३ २०७९, बुधबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डोटीमा गएको भूकम्पमा परी ज्यान गुमाउनेमा श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

उनले बुधवार बिहान ट्वीटमा लेख्दै भूकम्पका कारण डोटीको पूर्वीचौकी गाउँपालिकामा ज्यान गुमाउने ६ जनामा श्रद्धाञ्जली अर्पण गरेका हुन्।

मंगलवार राति डोटी केन्द्रविन्दु बनाएर ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

ओलीले लेखेका छन्,’दुःखद् खबर – हिजो भूकम्पका कारण डोटीको पूर्वीचौकी गाउँपालिकामा स्थानीय ८ वटा परिवारका घर भत्केका छन् भने ६ जनाले ज्यान गुमाउनु भएको छ । उहाँहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा पर्नु भएका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’