• बैशाख २७ २०८३, आईतवार

गोरखाबाट लिङ्देनले भने- `परिवर्तन को सुरुवात गोरखाबाटै गरौं´

कार्तिक २० २०७९, आईतवार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले गोरखाको निर्वाचन क्षेत्र नम्बर दुईलाई लक्षित गर्दै पालुङटारमा चुनावी आमसभा गरेको छ ।

चुनावी सभालाइ सम्बोधन गर्दै पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले परिवर्तनको सुरुवात गोरखाबाट गर्ने बताए । सभामा लगभग ३ हजार जनताको उपस्थिति रहेको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी कार्यक्रम अन्तर्गत पहिलो चुनावी सभा गोरखाबाट सुरु गरेको हो । रणनितिक महत्वको जिल्ला तथा पृथ्वीनारायण शाहको जन्मस्थल समेत रहेको गोरखामा राप्रपाले चुनावी अभियान तीव्र पारेको छ ।

युवा उम्मेदवार सुशील पन्त रहेको उक्त निर्वाचन क्षेत्रमा उनि प्रचन्डसँग भिड्दै छन् । समजसेबि तथा युवाहरुमा लोकप्रिय रहेको उनि गोरखा २ मा आफ्नो उपस्थिति बलियो बनाउँदै लगेका छन् ।