काठमाडौं । मकवानपुरका दुई स्थानमा लडेर दुई जनाको ज्यान गएको छ ।
आज बिहान हेटौंडा १२ कल्याणटारका ५७ बर्षिय कृष्ण बम्बजको खोल्सामा लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
त्यस्तै भीमफेदी-१ बाघचौरका ४१ वर्षीय सुकमान गोलेको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । देउसी खेल्ने क्रममा एक घरबाट अर्को घरमा जाँदा उनी भीरबाट लडेका थिए ।