• बैशाख २७ २०८३, आईतवार

देशलाई विकास र समृद्धि बनाउने हाम्रो एजेण्डा होः ओनसरी घर्ती

कार्तिक ९ २०७९, बुधबार

काठमाडौं । नेकपा माओवादी केन्द्रकी नेता ओनसरी घर्तीले आफ्नो एकमात्र अजेण्डा देशको विकास र समृद्धि भएको बताएकी छन् । बुधबार साल्खा महादेवस्थानमा आयोजित साँखु जेसीजको २१औं शंखरापुर स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको विकास र समृद्धि बाहेक अरु कुनै अजेण्डा आफूहरुसँग नभएको बताइन्।

अझै पनि आफूहरुले चाहेजस्तो देश बनाउन नसकिएको उल्लेख गर्दै उनले देशलाई क्रमशः समृद्ध बनाउँदै लाने बताइन्। विगतमा गरिएका सम्पूर्ण कामहरुको पनि जिम्मेवारी लिने उनले उल्लेख गरिन्।

‘हामी आज तपाईंहरुको सामु आएका छौँ । देशको समृद्धिकै लागि हो। अरु हामीसँग अजेण्डा केही पनि छैन। यो देशको विकास बाहेक अरु छैन। हामीले भनेको जस्तो देश भएको छैन होला। तर हामी क्रमशः यो देशलाई समृद्ध बनाउँछौ भनेर हामीले भन्दै आएका छौँ र विगतमा जे–जस्ता कामहरु भए ती सम्पूर्ण कामहरुलाई हामी जिम्मेवारी लिन्छौँ र अगाडि बढाउँछौ भनेर हामीले आफ्नो एजेण्डा तय गरेका छौँ,’ घर्तीले भनिन्।