• श्रावण ११ २०८३, सोमबार

झिलीमिली बत्ती जडान गर्नेबेला करेन्ट लागेर दुई जनाको मृत्यु

कार्तिक ८ २०७९, मंगलवार

धनुषा । झिलीमिली बत्ती जडान गर्नेबेला करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। मंगलबार बिहान बत्ती जोड्ने क्रममा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–२२ बसबिट्टीका १९ वर्षीय अमित मिश्र र वडा नम्बर–९ का १४ वर्षीय शिवराज यादव रहेका छन्।

दुवै जनालाई आफ्नै घरमा दीपावलीका लागि झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ।