काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश गम्भीर मोडमा उभिएको बताएका छन् । आइतबार धनगढीमा ५ दलीय गठबन्धनमा आवद्ध दलहरूको सुदूरपश्चिम स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
देश गम्भीर मोडमा रहेकाले गठबन्धनलाई चुनाव जिताउन जरुरी रहेको प्रधानमन्त्री देउवाले बताए । २००७ सालदेखि लडाई लड्दै लाएको गणतन्त्र, संविधान बचाउनका लागि गठबन्धनलाई जिताउन उनले सुदुरपश्चिमबासीसँग अपिल गरे ।