• जेष्ठ ५ २०८३, मंगलवार

सन्दीपलाई अनुसन्धान गर्न थप २ दिन म्याद थप

कार्तिक ६ २०७९, आईतवार

काठमाडौं । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध पुनः दुई दिन म्याद थप भएको छ। जिल्ला अदालत काठमाडौंले आइतबार उनलाई पुनः २ दिन थुनामा राख्न आदेश दिएको हो।

अनुसन्धान सक्याएर प्रहरीले शुक्रबार नै जिल्ला सरकारी वकिल कार्यालयमा फाइल पेस गरे पनि तिहार बिदाका कारण थुनछेक बहस हुन नसक्ने भन्दै आइतबार म्याद थपका लागि उपस्थित गराएको थियो।