• जेष्ठ ५ २०८३, मंगलवार

मौसम पूर्वानुमान : आज यी प्रदेशमा वर्षाको सम्भावना, सतर्क रहन आग्रह

कार्तिक ५ २०७९, शनिबार

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् मञ्जु बासीले देशभर सामान्य बदली र पश्चिमी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइन् । देशका अन्य भेगमा भने केही दिन मौसम सफा रहनेछ ।

दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा एक दुई स्थानमा वर्षाको सम्भावना रहेकोले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।