काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सबै जातजातिलाई समानरूपमा व्यवहार गरिनुपर्नेमा जोड दिएका छन् ।
लोकतान्त्रिक जनजाति महासङ्घले शुक्रबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सबै जातजातिको सबलीकरणबाट नै मुलुकको विकास हुने उनले बताए । कसैले पनि निहित स्वार्थ बोकेर जातजातिको विखण्डनमा लाग्न नहुनेमा पनि ओलीले जोड दिए ।
जनजातिलगायत अल्पसङ्ख्यक समुदायको समृद्धि र उन्नयनमा पार्टी लागेको बताउदै उनले यसका लागि समुदायगतरूपमा एकताबद्ध हुनु जरुरी रहेको बताए ।