काठमाडौं । विपद्का घटनाले अघिल्लो वर्षको तुलनामा यसवर्षको पहिलो ६ महिना धेरै जनधनको नोक्सानी गरेको छ । यसवर्षको पहिलो ६ महिना ९२०७९ वैशाख १ गतेदेखि असोज ३१ गतेसम्म० को अवधिमा विभिन्न विपद्का घटनामा परी २८५ जनाले ज्यान गुमाएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सो अवधिमा रेकर्ड भएका २०५३ वटा विपद्का घटनामा परी ३३ जना बेपत्ता छन् भने ६०६ जना घाइते भएका छन् । सवर्ष विपद्का घटनाले १ अर्ब १४ करोड ३ लाख २२ हजार ८३५ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको प्राधिरकणले जनाएको छ ।
बाढी, पहिरो, हाई अल्टिच्युड, डुंगा दुर्घटना, चट्याङ, सर्पदंश, आगलागी, भारीवर्षा, हुरी बतास, भूकम्प, हिमपहिरो, जनावरको आक्रमण, वन डढेंलो र हिमपातका घटनाबाट उक्त जनधनको क्षति भएको हो ।
अघिल्लो वर्ष २०७८ को सोही अवधि ९वैशाख १ गतेदेखि असोज ३१ गते०मा १ हजार ९६५ वटा विपद्का घटनामा परी २७० जनाको मृत्यु, ४४ बेपत्ता र १ हजार ३३९ जना घाइते भएका थिए ।
गतवर्षको पहिलो ६ महिनामा विपद्का घटनाले १ अर्ब ७ करोड ४७ लाख ६६ हजार २७२ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको प्राधिकरणको तथ्याङ्कले देखाउँछ ।