• श्रावण ११ २०८३, सोमबार

भारतीय नागरिकको फ्ल्याटबाट ४२ लाख बरामद

कार्तिक २ २०७९, बुधबार

काठमाडौं । राजधानीको ढल्कोबाट अवैध हुन्डी कारोबारमा संलग्न दुई जनालाई झण्डै ४२ लाख रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले ३७ वर्षीय नविन गोयल र ४५ वर्षीय उमेश महेश्वरीलाई पक्राउ गरेको हो ।

उनीहरुले भारतीय नागरिक बाल चन्द्र सरावगीको फ्ल्याटमा हुण्डी गर्ने प्रयोजनको लागि संकलन गरेको नगद ४१ लाख ९६ हजार रुपैयाँ बरामद गर्नुका साथै तत्काल पक्राउ गरिएको प्रहरी उपउ कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

पक्राउ परेका गोयर भारत हरियाणा प्रदेश घर भई ढल्कोमै बस्दै आएका थिए भने उमेश कपिलवस्तुको कृष्णनगर घर भइ ललितपुरको भैँसेपाटीमा बस्दै आएका थिए । उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको कोइरालाले जानकारी दिए ।