• जेष्ठ ५ २०८३, मंगलवार

काठमाण्डौ वरपर भूकम्पको धक्का महसुस

कार्तिक २ २०७९, बुधबार

काठमाण्डौ। काठमाण्डौ उपत्यका वरपर भूकम्पको धक्का महसुस गरिएको छ । आज बुधवार दिउँसो ३ बजेर ७ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।

सिन्धुपाल्चोकको भोटेकोसी आसपास केन्द्र भएर ५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो भूकम्पको धक्का काभ्रे, सिन्धुपाल्चोक, धादिङ, गोरखामा पनि महसुस गरिएको छ ।