• जेष्ठ ५ २०८३, मंगलवार

भक्तपुर गठ्ठाघरमा लुट्न गएका दुई जना पेस्तोलसहित पक्राउ

आश्विन ३१ २०७९, सोमबार

काठमाडौं । प्रहरीले भक्तपुरको गठ्ठाघरमा लुट्न गएका दुई जनालाई इटालियन पेस्तोलसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुरको उदयपुरगढी गाउँपालिका–७ घर भएका ४१ वर्षीय अमरबहादुर मगर र संखुवासभाको पाँचपखन नगरपालिका–८ घर भएका ३२ वर्षीय रविनकिशोर राई उर्फ सुवास छन् ।

भदौ २५ मा बिहान ३ बजेतिर उनीहरुले गठ्ठाघरको एउटा घरमा लुटपाट गर्न गएका थिए । उनीहरुको साथबाट ‘मेड इन इटली’ लेखिएको एकथान पेस्तोल र दुई राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।