• जेष्ठ ४ २०८३, सोमबार

प्याराग्लाइडिङका उड्डयन प्राधिकरणसँग अनुमति नलिएको खुलासा

आश्विन ३० २०७९, आईतवार

काठमाडौ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङ उडाउन नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति नलिएको जानकारी आएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप( ले प्याराग्लाइडिङ उडाउन प्राधिकरणसँग अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ। तर राखेपलदे यसबारे प्राधिकरणसंग शुनै पनि अनुमति नलिएको गरिक उड्डयन कार्यालय पोखराका प्रमुख विक्रम गौतमले बताए ।

‘हाम्रो कुनै पनि निकायसँग प्याराग्लाइडिङ उडाउन अनुमति लिएका छैनन्,’ गौतमले भने, ‘यस हिसाबले राखेपले गैरकानुनी तरिकाले प्याराग्लाइडिङ उडाए।’

राष्ट्रिय खेलकुद अन्तर्गत प्याराग्लाइडिङ प्रतियोगितामा विभिन्न प्रदेश र विभागीय टिमका गरी २५ जना खेलाडी सहभागी छन्।प्याराग्लाइडिङ उडानका क्रममा सोमबार खेलाडी निसम थापाको मृत्यु भएको थियो। सराङकोटबाट प्याराग्लाइडिङ उडाउँदै गर्दा करिब ५० मिटर माथिबाट खसेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

यता, राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य अन्जन धमलाले नेपाल सरकारकै कार्यक्रम भएकाले अनुमति नलिएको प्रतिक्रिया दिए।‘सरकारले राष्ट्रिय खेलकुद खेलाउने भनेर मन्त्रिपरिषदबाटै निर्णय गरेको हो,’ उनले भने, ‘सरकारकै कार्यक्रम भएको हुनाले अनुमति लिन नपरेको होला।’ यता, नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख गौतमले यसअघि सरकारी कार्यक्रममा पनि अनुमति लिने गरेको बताए।

मनोरञ्जनात्मक गतिविधि सम्बन्धी नियमावली २०६९ अनुसार प्रतिस्पर्धात्मक उडानको अनुमति प्राधिकरणसँग लिनुपर्छ। प्राधिकरण कसैलाई पनि नवौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ उडान प्रतिस्पर्धा हुन्छ भनेर जानकारीसमेत नगराएको उनले बताए।‘प्याराग्लाइडिङ दुर्घटना भएपछि मात्र हामीले यसबारे थाहा पायौं,’ उनले भने, ‘प्राधिकरणलाई जानकारीसमेत नगराई हवाई उडान संचालन गर्न पाइँदैन।’