• जेष्ठ ४ २०८३, सोमबार

जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री देउवाद्धारा ओढाइयो राष्ट्रिय झण्डा

आश्विन ३० २०७९, आईतवार

 

काठमाडौं ।  वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय झण्डा ओढाएका छन् । ललितपुर महानगरपालिका परिसरमा श्रद्धाञ्जलीका लागि राखिएको जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री देउवाले राष्ट्रिय झण्डा ओढाएका हुन् ।

जोशीलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्नि सापकोटा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, ऊर्जामन्त्री पम्फा भुसाल, नेता वामदेव गौतम, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ लगायत पुगेका थिए ।

उपचारका क्रममा केही दिनअघि अस्पतालमा भर्ना भएका शताब्दी पुरुष जोशीको आज बिहान एक सय तीन वर्षको उमेरमा निधन भएको हो ।