काठमाडौं । उम्मेदवारी खारेजीविरुद्ध एकीकृत समाजवादी पार्टीका नेता राजु गुरुङले दायर गरेको रिटको सुनुवाइका लागि आइतबार पेसी तोकिएको छ ।
न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको इजलासमा गुरुङको मुद्दा पेसीमा रहेको छ । पेसीको दोस्रो नम्बरमा मुद्दा तोकिएको छ । रुपन्देही २ मा गठबन्धनका तर्फबाट उम्मेदवार भएका गुरुङको उम्मेदवारी खारेजी भएको थियो ।
यसअघि उक्त मुद्दा शुक्रबार न्यायाधीश हरि फुयाँलको एकल इजलासमा परेको थियो । तर, निवेदकले नै स्थगित गरेका थिए । रुपेन्दही २ मा मुख्य निर्वाचन कार्यालयले खारेज गरेको उम्मेदवारीविरुद्ध एकीकृत समाजवादी पार्टीका उम्मेदवार गुरुङले सर्वोच्च अदालतमा बिहीबार रिट दायर गरेका थिए ।