काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा र अभिभावक गुमाएको बताएकी छिन् ।
आइतबार ट्वीट गर्दै राष्ट्रपति भण्डारीले जोशीको सार्थक जीवन हामी सबैको लागि प्रेरणाको अजस्र स्रोत भएको समेत बताएकी छिन् । राष्ट्रपति भण्डारीले भनेकी छन्, ‘अमर सत्यमोहनप्रति हार्दिक श्रद्धाञ्जली !’ जोशीको आइतबार बिहान १०३ वर्षको उमेरमा निधन भएको हो ।