काठमाडौं । नेपालबाट मनसुन बाहिरिन थालेसँगै देशभर मौसम सफा हुन थालेको छ । आगामी तीन चार दिनसम्म मुलुकभर नहुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रदेश १ बाहेक सबै प्रदेशबाट मनसुन बाहिरिसकेको छ । पूर्वी भूभागमा भने आज पनि मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।
महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णालीका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । सोमबार सुदूरपश्चिम र कर्णालीका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।