दाङ २९ असोज । दाङको देउखुरी क्षेत्रका विभिन्न ठाउँबाट एकैदिन ठुलो मात्रामा अवैध रुपमा भित्रिएका पटाकाहरु बरामद गरी प्रहरीले न शनिबार नष्ट गरेको छ । सशस्त्र प्रहरी बल नेपाल ज्वालामाई गण २९ नम्बर हेटक्वाटर भालुवाङले देउखुरीको कालाकाटे, भालुवाङ, सिसहनियाँ र लमहीमा सार्वजनिक सवारीसाधन जाँच गर्दा करिब ४२ प्रकारका ४ लाख ३२ हजार ८८ रुपैयाँ मुल्य बराबरको पटका बरामद गरेको हो ।
बरामद गरेको पटाकालाई शनिबार नै सार्वजनिक गरी जनप्रतिनिधि र पत्रकारहरुको रहोबरमा गणकै हाताभित्र खाल्डो खनी पुरेर नष्ट गरिएको सशस्त्र प्रहरी उपरिक्षक एसपी बिनोद केसीले जानकारी दिए ।
भारतबाट अवैध रुपमा लुकाइछिपाइ भित्र्याइएको पटाका विभिन्न सवारीसाधन चेकजाँच गर्दा बरामद गरिएको थियो । तिहारलाई लक्षित गरेर कारोबार गर्ने उदेश्यले भारतबाट ल्याउन थालिएको पटका जफत गरिएको एसपी केसीले जानकारी दिए ।