• जेष्ठ ४ २०८३, सोमबार

चितवनको जुस उद्योगमा आगलागी

आश्विन २८ २०७९, शुक्रबार

चितवन ।  चितवनको एक जुस उद्योगमा आगलागी भएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका-१० मा रहेको युनाइटेड बेभरेज कम्पनीको पल्पी जुस उद्योगमा आगलागी भएको छ ।

आज बिहान ४ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन ।

आगो निभाउन खैरहनीका दुई र भरतपुरको एउटा दमकल तथा एउटा डोजर प्रयोग गरिएको छ ।

विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।