• बैशाख २७ २०८३, आईतवार

मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस

आश्विन २७ २०७९, बिहीबार

काठमाडौं। गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ताको आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदन गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष पेस गरिएको छ । संवैधानिक व्यवस्थाअनुसार मुख्य न्यायाधिवक्ता रोहितराज बाँस्तोलाले प्रदेश प्रमुखको कार्यालयमा प्रतिवेदन प्रस्तुतगरेका हुन् । ।

प्रतिवेदन प्रस्तुत गर्दै मुख्य न्यायाधिवक्ता बाँस्तोलाले संवैधानिक व्यवस्थाअनुरूप प्राप्त जिम्मेवारीअनुसार कार्यालयले आफ्ना कार्यसम्पादन गर्दै आएको बताए ।

मुख्य न्यायाधिवक्ताको कार्यालयबाट प्रदेश सरकारको प्रतिनिधि भई प्रतिरक्षा गरिएका मुद्दा, लिखितरूपमा राय माग भई आएका विषय, राय सुझावसहित पठाइएका नीति, ऐन नियम आदि विषय प्रतिवेदनमा समेटिएको उनले जानकारी गराए ।

प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख गुरुङले प्रदेश सरकारको कानूनी सल्लाहकारका रूपमा मुख्य न्यायाधिवक्ताको कार्यालय रहेको बताए। नेपाली जनताले आफ्ना लागि आर्जेको संविधानको सफल कार्यान्वयनमा जोड दिनुपर्ने उनले बताए ।

कार्यक्रममा प्रदेश प्रमुखको कार्यालयका सचिव अणप्रसाद न्यौैपाने र प्रवक्ता चण्डीप्रसाद अर्यालले पनि बोल्नुभएको थियो ।