• बैशाख २७ २०८३, आईतवार

प्रदेशसभा सदस्य पदका दुई उम्मेदवार अस्पताल भर्ना, एक जनाको अवस्था गम्भीर

आश्विन २७ २०७९, बिहीबार

काठमाडौ. । प्रदेशसभा सदस्य पदका लागि मङ्सिर ४ गते हुने प्रदेशसभा निर्वाचनमा भाग लिएका मोरङका दुई उम्मेदवार स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना भएका छन् ।

मोरङ निर्वाचन क्षेत्र नं. ३ (क) का लागि प्रदेश सभासदस्य पदमा उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापालाई ज्वरो आएर निको नभएकाले मङ्गलबार नोबेल मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको थियो । प्रदेश नं। १ को वन, वातावरण तथा भू– संरक्षण मन्त्रीसमेत रहनुभएका उहाँले सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराएका थिए ।

यस्तै गठबन्धनकोतर्फबाट मोरङ निर्वाचन क्षेत्र नं. ४ (क) का लागि प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका कांग्रेसका पूर्वकेन्द्रीय समिति सदस्य गुरूराज घिमिरेलाई डेंगु संक्रमण भएर ज्वरो आउनका साथै वाकवाकी लागेकाले यही असोज २३ गते नोबेल मेडिकल कलेजमा उपचारका लागि भर्ना भएमा छन् । असोज २३ गते नै उम्मेदवारी दर्ता गराउन काठमाडौबाट विराटनगर आएका उनले मनोनयन दर्ता गराए लगत्तै नोबेल मेडिकल कलेजमा भर्ना भएका थिए ।

उम्मेदवार थापालाई नोबेल मेडिकल कलेजको न्यूरो डिलक्स वार्डको १० नम्बर कोठामा भर्ना गरिएको छ भने अर्का उम्मेदवार घिमिरेलाई सोही वार्डको नौ नम्बर कोठामा भर्ना गरिएको गरिएको छ ।

ज्वरोले च्याप्दै लगेको र निको नभएपछि थापालाई नोबेलमा चिकित्सकको सल्लाह बमोजिम भर्ना गरिएको थियो । प्रत्यासी थापा र घिमिरेको उपचार उक्त मेडिकल कलेजका प्राचार्य एवं छाती रोग विशेषज्ञ डा। रामहरि घिमिरेको रेखदेखमा भइरहेको छ ।

डा. घिमिरेले उम्मेदवार थापाको ज्वरो आउनुका मुख्य कारण अझै पत्ता लागि नसकेकाले विभिन्न जाँचहरू भइरहेको बताए । अर्का उम्मेदवार घिमिरेको भने स्वास्थ्यमा क्रमिक सुधार भइरहेको र दुई तीन दिनमा नै डिस्चार्ज हुनसक्ने सम्भवाना रहेको उनले जानकारी दिए ।