• बैशाख २७ २०८३, आईतवार

चितवन-३ मा कांग्रेसको वागीलाई सघाउन एमालेले फिर्ता लियो उम्मेदवारी

आश्विन २६ २०७९, बुधबार

काठमाडौं । नेकपा एमालेले चितवन–३ बाट प्रतिनिधि सभातर्फको उम्मेदवारी फिर्ता लिएको छ। आफ्नो उम्मेदवारी फिर्ता लिएको एमालेले नेपाली कांग्रेसको तर्फबाट बागी उम्मेदवारी दिएका दिनेश कोइरालालाई सघाउने भएको छ।

चितवन–३ मा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका डा भोजराज अधिकारी उम्मेदवार छन्। सत्ता गठबन्धनको भागबन्डामा यो क्षेत्र माओवादीलाई परेपछि कांग्रेसका कोइरालाले स्वतन्त्र उम्मेदवारी दिएका थिए।

चितवन–३ मा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानको उम्मेदवारी परेको थियो। तर, बुधबार एमालेले उनको उम्मेदवारी फिर्ता लिएको हो।