• बैशाख २७ २०८३, आईतवार

१६५ स्थानका लागि उम्मेदवारी दिने २ हजार ५३१ जना उम्मेदवार (नामावलीसहित)

आश्विन २६ २०७९, बुधबार

काठमाडौं ।  निर्वाचन आयोगले विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट मंसिर ४ गते हुने हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिन मनोनयन दर्ता गर्ने उम्मेदवारको नामावली सार्वजनिक  गरेको छ ।

आयोगले सार्वजनिक गरेको सूची अनुसार प्रतिनिधि सभातर्फ कुल २ हजार ५३१ उम्मेदवार रहेका छन्। जसमध्ये २३५ जना महिला र २ हजार २९६ पुरुष रहेका छन्।

यी मध्ये रुपन्देही–२ का ३ जना र कैलालीबाट उम्मेदवारी दिएका लक्ष्मण थारु र बर्दियाका रेशम थारुको उम्मेदवारी खारेजी भइसकेको छ ।

यस्तै, प्रदेशसभातर्फ कुल ३ हजार ४७६ उम्मेदवार र २९७ जना महिला उम्मेदवार र १ जना अन्य उम्मेदवार रहेका छन्। आयोगले आजसम्म उम्मेदवारी फिर्ता लिने समय दिँदै अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरिरहेको छ ।

नामावली हेर्न यहाँ क्लिक गर्नुहोला