नयाँदिल्ली । भारतको अहमदबादमा निर्माणाधीन भवनको लिफ्ट चुँडिएर सात जनाको मृत्यु भएको छ ।
निर्माणाधीन भवनको तेह्रौँ तलामा रहेको लिफ्ट चुँडिदा आठ जना मजदुर तल खसेका र उनीहरुमध्ये सात जनाको मृत्यु भएको तथा एक जना घाइते रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
४१ मिटर उचाइबाट मजदुरहरुले लिफ्टबाट सामान ओसार्दै गर्दा खसेको यो घटनाप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दु:ख व्यक्त गरेका छन् ।