• मंसिर १३ २०८१, बिहीबार

अनसनरत डा. गोविन्द केसी अस्पताल भर्ना

भाद्र २९ २०७९, बुधबार

धनगढी ।  तीन दिनअघि धनगढीमा अनसनरत डा. केसीलाई अस्पताल भर्ना गरिएको छ ।

स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै अनसन बसेका केसीको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको हो । उनलाई धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।

केसीलाई सेती प्रादेशिक अस्पतालको छुट्टै वार्डमा राखेर उपचार थालिएको डाक्टर केसीसँगै रहेका डाक्टर अमृत जैशीले बताए ।

उनका अनुसार डाक्टर केसीको स्वास्थ्य परीक्षण सेती प्रादेशिक अस्पतालका वरिष्ठ कन्सल्ट्यान्ट फिजिसीएन डाक्टर शेर बहादुर कमरले गरेका छन् ।