काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको मानसिक स्वास्थ्य जाँच गर्न माग गरेका छन् ।
उनले मगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै महतले राणाले बयानका क्रममा शपथ खाँदाको अवस्थालाई बेवास्ता गरेको आरोप लगाए।
‘न्यायलयका बोझ सावित भइसकेका व्यक्ति चोलेन्द्रले महाभियोगमाथि बयान दिँदै गर्दा पद र गोपनियताको शपथ खाँदाको अवस्थालाई बेवास्ता गर्दै पूर्वाग्रही ढंगबाट भनौँ वा आवेगमा आएर भनौँ वा स्मरण शक्ति गुमाएर, मर्यादाविपरीत गैरजिम्मेवार ढंगबाट विषय र प्रसंगभन्दा बाहिर गएर चरित्र हत्या गर्ने, गाली गलौज गर्ने, कसैको जयजयकार गर्ने गर्ने गरेको’ महतको भनाइ थियो।