काठमाडौं । कारोबारको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुन तथा चाँदी दुवैको मूल्य बढेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला ३ सय रुपैयाँ बढेर ९४ हजार रुपैयाँ कायम भएको छ। सोमबार छापावाल सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँ बढेको छ। मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला ११ सय २५ रुपैयाँ तोकिएको छ।