काठमाडौं । भारतको गोवामा एकजना नेपाली युवा मृत अवस्थामा फेला परेका छन् ।
रुकुम पश्चिम त्रिविणी गाउँपालिका वाडा नं ७ घर भएका वर्ष २३ का नन्दराम खड्काको गोवाको पन्जिम आल्तिनो भन्ने ठाउँमा मृत अवस्थामा गोवा प्रहरीले फेला पारेको हो । उनी गत हप्तादेखि सम्पर्क विहीन भएका थिए ।
गोवा प्रहरीले पनि उनको मृत्युबारे अनुसन्धान गरिरहेको गोवा नेपाली समाजका अध्यक्ष प्रकाश थापाले बताए । उनलाई आजै पोस्टमार्टमको लागि गोवा मेडिकल कलेजमा लगिएको छिमेकी अरुण पुनले बताए ।
गोवामा विभिन्न कारणले नेपालीहरुको मृत्यु हुँदै आएको छ। गोवा नेपालीहरुका लागि रोजगारीको एक गन्तव्य बन्दै आएको छ।