• बैशाख २६ २०८३, शनिबार

मिडिया काउन्सिल सम्बन्धी विधेयकबाट पत्रकारको परीक्षा व्यवस्था हटाउन माग

भाद्र २० २०७९, सोमबार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मिडिया काउन्सिल सम्बन्धी विधेयकबाट विधेयकबाट पत्रकारको परीक्षा सम्बन्धी व्यवस्था हटाउन माग गरेका छन् ।

प्रतिनिधि सभाका सांसद समेत रहेका थापाले ‘नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा संशोधन गर्न संसद सचिवालयमा प्रस्ताव दर्ता गर्दै काउन्सिलको अध्यक्ष हुने योग्यतामा संशोधन प्रस्ताव गरेका छन् भने पत्रकारको परीक्षा सम्बन्धी व्यवस्था हटाउन माग गरेका हुन्।