• बैशाख २६ २०८३, शनिबार

सांसद रेशम चौधरी बर्दिया-२ बाट उम्मेदवार सिफारिस 

भाद्र २० २०७९, सोमबार

काठमाडौं । टीकापुर हत्याकाण्डमा दोषी ठहर भई डिल्लीबजारस्थित कारागारमा रहेका निलम्बित सांसद  रेशम चौधरी बर्दिया-२ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारमा सिफारिस भएका छन्।

नागरिक उन्मुक्ति पार्टीले चौधरीलाई सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरेको हो । 

पाँच वर्षअघिको चुनावमा रेशम चौधरी कैलाली क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका थिए। अहिले उक्त पार्टीका संगठन विभाग प्रमुख लक्ष्मण चौधरीले सांसद  रेशम चौधरी बर्दिया-२ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारमा सिफारिस गरेको जानकारी दिए। 

२०७२ भदौमा भएको टीकापुर हत्याकाण्डमा दोषी ठहर गर्दै अदालतले उनलाई कैद सजाय सुनाएको छ।