• जेष्ठ ३ २०८३, आईतवार

गृहमन्त्री खाँणको निर्देशनलगत्तै थुनामुक्त भए पर्यटनमन्त्रीलाई नियम सिकाउने गुरुङ

भाद्र २० २०७९, सोमबार

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई नियम सिकाउदा पक्राउ परेका सुरक्षागार्ड शेरजंग गुरुङ थुनामुक्त भएका छन् ।

गृहमन्त्री बालकृष्ण खाँणले उनलाई छाड्न भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँलेलाई निर्देशन दिएका थिए ।

शुक्रबार पक्राउ परेका गुरुङलाई हिरासतमा राख्न प्रहरीले ५ दिनको अनुमति लिएको थियो । तर सुरक्षागार्डले कर्तव्य पालना गर्दा उल्टै थुनाएको भन्दै चौतर्फी आलोचना भएलगत्तै उनलाई रिहा गरिएको हो ।